कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त

चैत्र १२, २०८२ |देव राना
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त भएका छन् । बिहीबार बिहान बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चन्दलाई सदस्य सचिव पदमा नियुक्त गरेको प्रदेश सरकारका प्रवत्ता विनोदकुमार शाहले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले परिषदको उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गरेको छ । चन्द सुर्खेतको वीरेन्द्रनगर–७ र हमाल वीरेन्द्रनगर–५ का स्थानीय हुन् । कुनै बेला क्रिकेटर क्रिकेटर समेत रहेका चन्द्र आरसी ३२ फुटबल एकेडेमी ‘रारा रेन्जर्स’का संस्थापक अध्यक्ष र अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्यसमेत समेत हुन् । हलमा यसअघि पनि खेलकुद परिषदको उपाध्यक्ष थिए ।

मन्त्रीपरिषद्को बैठकले कालीकोटको खाँडाचक्र ७ पंखबहादुर मल्ल, वीरेन्द्रनगर नगरपालिका ३ का भीमकुमारी भुसाल, हुम्लाको चंखेली गाउँपालिका ४ गोर्खबहादुर शाही, दैलेखको दुल्लु ८ पवनकुमार थापा र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ किरणकिशोर सापकोटालाई खेलकुद विकास परिषद्को सदस्यमा मनोनित गरेको छ ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।