
काठमाडौैँ । अपराजित रहँदै वेस्ट इण्डीजले आइसीसी पुरुष टी-२० विश्वकपको सुपर आठको यात्रा तय गरेको छ । बिहीबार भएको समुह चरणको अन्तिम खेलमा इटालीलाई ४२ रनले पराजित गर्दै वेस्ट इण्डीजले आफ्नो अपराजित यात्रा कायम राखेको हो ।
कोलकता स्थित, इडन गार्डेन रंगशालामा इटालीले टस जित्दै फिल्डिङ रोजेपछि वेस्ट इण्डीजले ब्याटिङको निम्तो पाएको थियो । निर्धारीत २० ओभरमा वेश्ट इण्डीजले ६ विकेट गुमाउदै १ सय ६५ रनको योयफल बनायो ।
ओपनर ब्राण्डन किङ ४ रनमा आउट भए । उसका लागि कप्तान साई होपले ४६ बलमा ७५ रनको आक्रमक पारी खेले । रोस्टोन चेज र सेरफान रथरफोर्डले समान २४-२४ रनको योगदान गरे।