
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय वटा प्रतिबद्धतासहित सुर्खेतमा चुनावी वाचापत्र सार्वजनिक गरेको छ । सुर्खेतमा आयोजित सभामा सभापति रवि लामिछानेसहितका नेताहरुले वाचापत्र सार्वजनिक गरेका हुन् ।
रास्वपाले सरकार सम्हालेको ३ महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने उद्देश्यले संविधान संशोधनका प्रस्तावबारे बहसपत्र तयार गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने, गैरदलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरुपको विषयमा छलफल चलाउने प्रतिबद्धता जनाएको छ ।
यस्तै, संवैधानिक निकायहरुको संस्थागत सुशासन गर्ने, सार्वजनिक सेवा अनलाइनमार्फत् प्रवाह गरिने, भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयन गर्ने र न्यायालयहरुमा भएको भागबण्डा अन्त्य गर्ने वाचा पनि रास्वपाले गरेको छ ।
संघीय मन्त्रालयको संख्या १८ मा सीमित गर्ने, ७ प्रतिशतको अािर्थक वृद्धि र प्रतिव्यक्ति आय ३ हजार डलर पु¥याउने,
अत्याधुनिक डिजिटल पार्क निर्माण गरी ५ लाख प्रत्यक्ष रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता रास्वपाले जनाएको छ ।
यसैगरी, आगामी दशकमा ३० हजार मेगावाट विद्युत जडित क्षमता हासिल गर्ने, पोखरा र भैरहवा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउने, रेलमार्ग बिस्तारको ५० वर्षे गुरुयोजना बनाउने र प्रत्येक प्रदेशमा कम्तीमा एक अत्याधुनिक अपांगता पुनस्र्थापना विशिष्टिकृत स्रोत केन्द्र स्थापना गर्ने पनि रास्वपाको वाचापत्रमा उल्लेख छ ।
हेर्नुस् रास्वपाको वाचापत्र :