संघीय र प्रदेश सरकारमा मन्त्रालय कटौती गर्न कांग्रेस तयार : गगन थापा

फाल्गुन ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय र प्रदेश सरकारमा मन्त्रालय कटौती गर्न कांग्रेस तयार : गगन थापा

काठमाडौैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संघीय र प्रदेश सरकारमा मन्त्रालय कटौती गर्न कांग्रेस तयार रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभामा सभापति थापाले संघमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने बताउनुभयो ।

उहाँले आगामी पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पु¥याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कांग्रेस सभापति थापाले भदौ २३- २४ गतेको जेन–जी विद्रोहको क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो भाग जिम्मेवारी पार्टीले लिने बताउनुयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.