त्रिभुवन आर्मी एन्फा विमेन्स च्याम्पियनसिपको फाइनलमा

फाल्गुन ६, २०८२ |खेल ब्युरो
त्रिभुवन आर्मी एन्फा विमेन्स च्याम्पियनसिपको फाइनलमा

उदयपुर । त्रिभुवन आर्मी क्लब एन्फा विमेन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

पहिलो सेमीफाइलमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । उदयपुरस्थित थारूहट रङ्गशालामा बुधबार भएको खेलमा आर्मीले कठिन जित निकाल्यो । आर्मीको लागि बिमला चौधरीले खेलको ७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । 

पहिलो हाफ १-० को अग्रतामा सकाएको राजु तामाङको टोलीले दोस्रो हाफमा गोल थप्न सकेन । पहिलो हाफको अग्रता कायम राख्दै आर्मी १- ० को जितसहित फाइनल प्रवेश गर्यो । पुलिसले भने पाएको अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको हो । 

बिहिबार हुने अन्तिम सेमीफाइनल सशस्त्र प्रहरी क्लब र संकटा क्लबबीच हुनेछ । जम्मा १० टिम सहभागी मध्ये हालसम्म गाईघाट फुटबल क्लब, एफ सी रियल, छहारी युथ क्लब, आर एस रिसोर्ट, न्युरोड टिम, चर्च बवाेईज र नेपाल पुलिस क्लब बाहिरिएका छन् ।