कोशीमा ‘नमुना सुपर कप’ अन्तर-कलेज टी-२० क्रिकेट प्रतियोगिता फागुन ७ देखि

फाल्गुन ५, २०८२ |अर्जुन सुवेदी
कोशीमा ‘नमुना सुपर कप’ अन्तर-कलेज टी-२० क्रिकेट प्रतियोगिता फागुन ७ देखि

इटहरी । कोशी प्रदेशमा क्रिकेट खेलको व्यावसायिक विकास, युवा प्रतिभाको पहिचान र कलेजस्तरीय खेलाडीलाई उचित अवसर प्रदान गर्ने उद्देश्यले 'नमुना सुपर कप अन्तर-कलेज स्तरीय टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । 

कोशी प्रिमियर लिग सिजन दुईको च्याम्पियन टोली नमुना ब्लास्टर्सको आयोजनामा फागुन ७ गतेदेखि इटहरीस्थित जनता पार्क क्रिकेट ग्राउन्डमा प्रतियोगिता सञ्चालन हुने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।