राप्रपाभित्र असन्तुष्टि : एकसाताभित्र महाधिवेशनको मिति तोक्न माग

चैत्र २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
राप्रपाभित्र असन्तुष्टि : एकसाताभित्र महाधिवेशनको मिति तोक्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले एकसाताभित्र महाधिवेशनको मिति तोक्न माग गरेको छ ।

महामन्त्री धवलशमशेर राणा नेतृत्वको समूहको आइतबार बसेको बैठकले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै नयाँ महाधिवेशनका लागि निष्पक्ष व्यक्तिलाई संयोजक तोकेर आयोजक समिति बनाउन माग गरेको हो । 

गत फागुन २१ मा सम्पन्न निर्वाचनको नतिजा उत्साहजनक नआएको र नेतृत्वले त्यसको नैतिक जिम्मेवारी नलिएको राणा समूहको आरोप छ । राप्रपामा आन्तरिक विवाद पछिल्लो समय बढ्दै गएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.