
काठमाडौं । पाँचौं संस्करणको ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता ललितपुरको मंगलबजारमा सम्पन्न भएको छ ।
नेपाल बालकुमारी क्योकुसिन कराते संघको आयोजनामा यही फागुन १ र २ गते संघले प्रतियोगिता अयोजना गरेको हो । प्रतियोगितामा पुरूष र महिला दुवैतर्फ १ सय ५० जना खेलाडी सहभागी थिए । ५५ केजी महिला तौल समूहको प्रथम पुरस्कार ५० हजार रूपैयाँ लक्ष्मी थिङ्गले जितेकी छन् ।
सबै तौल समूहका प्रथम, दोस्रो र तेस्रो भएका खेलाडीहरूलाई ट्रफी, सिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो। कराते खेलको प्रवर्द्धन, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । २०७६ सालदेखि संघले मेयर कप प्रतियोगिता आयोजना गर्दै आएको छ ।