
काठमाडौं । ओमान आईसीसी पुरूष टी-२० विश्वकप २०२६ बाट बाहिरिने पहिलो टोली बनेको छ ।
आफ्नो तेस्रो खेलमा आयरल्यान्डसँग ९६ रनले पराजित भएपछि ओमानको सुपर- ८ को सम्भावना समाप्त भएको हो । जितका लागि आयरल्यान्डले टी-२० विश्वकप २०२६ कै सबैभन्दा विशाल लक्ष्य दिएको थियो । कोलोम्बोस्थित सिंहली स्पोटर्स क्लबमा भएको खेलमा ओमानले टस जित्दै फिल्डिङ रोजेपछि आयरल्यान्डले ब्याटिङको निम्तो पाएको थियो ।
कमजोर सुरूवात गरेको आयरल्यान्डले चौथो स्थानमा आएका कप्तान लोक्रान टकरको ५१ बलमा अजिवित ९४ रनको साथ पाएपछि २३५ रन को विशाल योगफल बनायो । उसले निर्धारित २० ओभरमा ५ विकेटका गुमाउँदै २ सय ३५ रन जोड्यो । पावरप्लेमा ३ विकेट गुमाउँदै ४७ रन जोडेको आयरल्यान्डले कमजोर सुरूवात गरेको थियो ।
सुरूवाती ब्याटिङ धरासाई बनेको आयरल्यान्डबाट टकर र ग्यारेथ डेल्नेले ५६ बलमा १ सय १ रनको साझेदारी गर्दा उसले बलियो योलफल बनाउन सफल भयो । त्यसैगरी, टकरले जर्ज ड्रकेलसँग पनि १९ बलमा ७० रनको आक्रमक साझेदारी गरे । आयरल्यान्डले ओपनर टिम टेक्टरलाई उसले ५ रनमै गुमायो । उसले रोस आदीर र ह्यारी टेक्टोरलाई समान १४-१४ रनमा गुमाएको थियो ।
ओमानका लागी बलिङमा शकिल अहमदले ४ ओभरमा ३ विकेट लिँदा साह फैसल र आमिर कलिमले १-१ विकेट हात पारे । जवाफी ब्याटीङमा २ सय ३६ रनको लक्ष्य पछ्याएको ओमान १८ ओभरमै अलआउट हुँदै ९६ रनको फराकिलो हार व्यहोर्न बाध्य भयो।
ओेपनर आमिर कालीमले २९ बलमा ५० रन जोडे । कप्तान जतिन्दर सिंहले ५ बलमा ७ रन मात्र जोड्न सफल भए । त्यसपछि आएका गुलबादीन नइब भने १ रनमै पभेलियन फर्किए । ओमानका लागि हाम्मद मिर्जाले ३७ बलमा ४६ रन बनाउँदै बलियो पारी खेले । त्यसपछि भने, ओमानबाट कसैले सम्झनलायक प्रर्दशन गर्न सकेनन् ।
बलिङमा आयरल्यान्डका लागि जश लिटलले ४ ओभरमा ४ विकेट लिए । म्याथ्यु हम्फ्रेज र ब्यारी म्यक्यार्थीले पनि समान २-२ विकेट हात पारे । त्यस्तै, जर्ज ड्रकरेलले १ विकेट आफ्नो नाम गरे । हारसँगै ओमानको विश्वकप यात्रा टुंगीएको छ । समूह 'बी' को महत्त्वपूर्ण खेलमा दुवै टोलीलाई सुपर ८ को सम्भावना जिवित राख्न यो खेल जित्नै पर्ने दबाब थियो ।
'समूह 'डी' मा आयरल्यान्ड आफ्नो पहिलो खेलमा श्रीलंकाविरूद्ध पराजित भएको थियो । दोस्रो खेलमा पनि आयरल्यान्ड अस्ट्रेलियाविरूद्ध स्तब्ध बनेको थियो । यता, ओमान पनि प्रतियोगितामा जितविहीन छ । सुरूवाती दुई खेलमा जिम्बाब्वे र श्रीलंका विरूद्ध हार व्यहोरेको ओमान तेस्रो खेलमा आयरल्यान्डविरूद्ध जितको खोजीमा थियो ।
यस समुहमा २ खेलमा २ जित हात पार्दै श्रीलंका शीर्षस्थानमा छ । त्यस्तै, सोही खेलमा सोही जित हात पारेको जिम्बाब्वे नेट रन रेटको आधारमा दोस्रो स्थानमा सीमित छ ।