एएफसी महिला एसियन कप : बंगलादेशमाथि चीनकाे जित

फाल्गुन १९, २०८२ |खेल ब्युरो
एएफसी महिला एसियन कप : बंगलादेशमाथि चीनकाे जित

काठमाडौं । बंगलादेशविरूद्ध २-० गोलअन्तरले जित हात पार्दै चीनले एएफसी महिला एसियन कपको उपाधि रक्षा यात्रा सुरू गरेको छ ।

पहिलो हाफमा गरेको गोलको मद्दतमा नौपटकको च्याम्पियन चीनले बंगलादेशलाई सहजै पराजित गरेको हो । अस्ट्रेलियाको सिड्नीमा मंगलबार भएको खेलको १२औँ मिनेटमा दक्षिण एसियन साइड गोलको नजिक पुगेको थियो । त्यसको दुई मिनेटपछि रितु पोर्ना चक्माले चीनमाथि दबाब सिर्जना गरेकी थिइन् । तर, ४४औँ मिनेटमा वाङ सुवाङले गोल गरेपछि चीनले डेडलक तोड्यो । 

इन्जुरी समयमा झाङ रूइले अग्रता दोब्बर बनाइन् । ब्रेकपछि बंगलादेशले सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन भने सकेन । चीनले अब शुक्रबार उज्वेकिस्तान र बंगलादेशले दक्षिण कोरियासँग खेल्नेछ । मंगलबारनै भएको अर्को खेलमा दक्षिण कोरियाले उज्वेकिस्तानलाई ३-० गोलले पराजित गर्‍यो ।