
जुम्ला । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीले अग्रता कायमै राख्नुभएकाे छ ।
उहाँले ९ हजार ५ सय ९ मत गन्दा ५ हजार १ सय ६२ मत प्राप्त गर्नुभएकाे छ । उहाँको निकटतम प्रतिद्वन्दी नेकपाका नरेश भण्डारीले २ हजार १ सय ९७ मत ल्याउनुभएकाे छ । ज्ञानबहादुर नेकपाका नरेश भन्दा २ हजार ९ सय ६५ मतले अग्रता लिनुभएकाे हाे ।
हालसम्म जिल्लाको कनकासुन्दरी र सिंजा गाउँपालिकाको मतगणना भएको हो । सिंजा गाउँपालिका ज्ञानबहादुर शाहीको आफ्नै गृहपालिका हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका दीपबहादुर शाहीले एक हजार १८ मत प्राप्त गर्नुभएकाे छ ।
एमालेका शान्तिलाल महतले ५ सय ५६,रास्वपाकी विनिता कठायतले ७०, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनकृषि धितालले ६९ मत प्राप्त गर्नुभएकाे छ । नेमकिपाका बिर्खबहादुर रावतले १ सय १७,नेकपा माओवादीका बिर्खबहादुर शाहीले १२,नेपाल जनता पार्टीका रनिलबिक्रम शाहीले ८ र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १ म प्राप्त गरेका हुन् ।
हालसम्म तीन सय मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा ७१ हजार ८ सय ३९ मतदाता रहेकोमा ४० हजार ८ सय ९७ मत खसेको थियो । जिल्लाको ११० मतदान केन्द्रमा मतदान भएको थियो ।