कञ्चनपुर क्षेत्र नम्बर ३ : रास्वपाका ज्ञानेन्द्र सिंह महताको अग्रता कायम

फाल्गुन २२, २०८२ |हरिश्चन्द्र बाग
कञ्चनपुर क्षेत्र नम्बर ३ : रास्वपाका ज्ञानेन्द्र सिंह महताको अग्रता कायम

कञ्चनपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ । 

हालसम्म ११ हजार ३०६ मत गणना भइसकेको छ, जसमा १० हजार ३ सय ४६ सदर मत र ९ सय ६० बदर मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदर मतको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिंह महताले ४ हजार ७ सय ३१ मत प्राप्त गर्नुभएकाे छ भने नेपाली कांग्रेसका हरि प्रसाद बोहराले २ हजार ३६ मत प्राप्त गर्नुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का दीपक प्रकाश भट्टले २ हजार ९ मत पाउनुभएकाे छ भने नेपाली कम्युनिष्ट पार्टीका मान बहादुर सुनारले ९ सय ५७ मत प्राप्त गर्नुभएकाे छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्ण बहादुर चन्दले ३ सय ९१ मत प्राप्त गर्नुभएकाे छ भने उज्यालो नेपाल पार्टीका भिम बहादुर कुमालले ६७ मत, श्रम संस्कृति पार्टीका गंगा दत्त जोशीले ६३ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विष्णु प्रकाश उपाध्यायले २८ मत प्राप्त गर्नुभएकाे छ । नेपाल मजदुर किसान पार्टीकी मीनु गिरीले २० मत प्राप्त गर्नुभएकाे छ ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाका लाल बहादुर कुँवरले ११ मत, आम जनता पार्टी (एकल चुनाव चिन्ह) की लक्ष्मी कुमारी विष्ट भट्टले ९ मत, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कर्ण बहादुर चन्दले ८ मत, स्वतन्त्र उम्मेदवार हर्क बहादुर ऐरले ५ मत, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का लोक राज भट्टले ४ मत, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले ४ मत, स्वतन्त्र उम्मेदवार वीर सिंह क्षेत्रीले ३ मत र मितेरी पार्टी नेपालकी किरन थापाले ० मत प्राप्त गर्नुभएकाे छ  ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कञ्चनपुर क्षेत्र नम्बर ३ मा कुल १ लाख १३ हजार ८७ मतदाता रहेका थिए भने यस निर्वाचनमा ५८ हजार ३ सय ६१ मत खसेको थियो । यस क्षेत्रमा १७ जना उम्मेदवारले प्रतिनिधि सभा सदस्य पदको लागि प्रतिस्पर्धा गरिरहेका छन् । हालसम्मको मतगणना अनुसार रास्वपाका ज्ञानेन्द्र सिंह महताको अग्रता कायम रहेको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।