
काठमाडौं । कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगमा मंगलबार बार्सिलोनाले घरेलु मैदानमा एट्लेटिको मड्रिडको सामना गर्दैछ।
३२ पटकको कीर्तिमानी विजेता बार्सिलोनाले फाइनल यात्राका लागि एट्लेटिकोलाई पाँच गोलको अग्रतासहित हराउन पर्नेछ । गत फेब्रुअरीमा भएको पहिलो लेगमा ४- ० ले पराजित भएको बार्सिलोनाका लागि फाइनल यात्रा निकै चुनौतीपूर्ण देखिएको छ।
कोपा डेल रेको सेमिफाइनलमा हालसम्म कुनै पनि टोलीले ४ गोलको अग्रतालाई उल्टाउन सकेका छैनन् । तर, बार्सिलोनाका लागि आशाको किरण भनेको उसको घरेलु फर्म हो। सन् २०२६ मा क्याम्प नाउमा खेलिएका सबै खेल बार्सिलोनाले कम्तिमा ३ गोलको अन्तरले जितेको छ र हाल घरेलु मैदानमा १० खेलको अपराजित यात्रामा छ ।
बार्सिलोना र एट्लेटिकोबीच कोपा डेल रेमा हालसम्म भएका २५ नकआउट भिडन्तमा, १५ पटक बार्सिलोना र १० पटक एट्लेटिकोले जित हात पारेका छन् । एट्लेटिको मड्रिड सन् २०१२-१३ पछि पहिलो पटक कोपाको फाइनल पुग्न दृढ देखिन्छन ।
नेपाली समय अनुसार खेल मंगलबार राति पौने दुई बजे सुरु हुने खेलमा बार्सीलोनाले जितका लागि अप्रत्याशित पुनरागमन गर्नु पर्नेछ ।