
धनगढी । कैलाली क्षेत्र नम्बर-५ मा रास्वपा फराकिलो मतान्तरले अग्रस्थानमा रहेको छ।
हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्दले ६ हजार ९ सय ५९ मत प्राप्त गर्नुभएकाे छ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाह मनु उहाँभन्दा ४ हजार १ सय ३० मतले पछाडि हुनुहुन्छ । शाहले २ हजार ८ सय २९ मत प्राप्त गर्नुभएकाे छ। नेकपा (एमाले)का एकराज ढुङ्गानाले १ हजार ८ सय २१ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रेमबहादुर आलेले १ हजार ७ सय ८२ मत प्राप्त गर्नुभएकाे छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले तीन सय मत प्राप्त गर्नुभएकाे छ भने स्वतन्त्र उम्मेदवार प्यारालाल राणाले १ सय ४० मत प्राप्त गर्नुभएकाे छ।