टी-२० विश्वकप : नेदरल्यान्ड्समाथि अमेरिकाकाे जित

फाल्गुन २, २०८२ |खेल ब्युरो
टी-२० विश्वकप : नेदरल्यान्ड्समाथि अमेरिकाकाे जित

काठमाडौं । अमेरिकाले टी-२० विश्वकपमा शुक्रबार नेदरल्यान्ड्समाथि ९३ रनको प्रभावशाली जित निकालेको छ । 

समूह 'ए'अन्तर्गत चेन्नाईको एम चिदम्बरम रंगाशलामा भएको खेलमा प्राप्त यो जितपछि अमेरिकाको दुई अंक भएको छ । नेदरल्यान्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको अमेरिकाले ६ विकेटमा एक सय ९६ रनको सम्मानजनक स्कोर खडा गरेको थियो। 

मोनान्क पटेलले २२ बलमा ३६ बहुमूल्य रन जोडे । उनले ओपनिङमा सायन जाहिङ्गरसँग २७ रनको पार्टनरसिप गरे। जाहिंगर २० रन बनाएको अवस्थामा केली क्लेनबाट बोल्ड भएका थिए। त्यसैगरी, तेस्रो नम्बरका साइटेजा मुक्कामल्ले ५१ बलमा ७९ रनको उत्कृष्ट इनिङ खेले। उनले ५ चौका र ४ छक्का प्रहार गरे । 

यस्तै, शुभम रन्जनेले २४ बलमा ४८ रन जोडे । नेदरल्यान्ड्सका बास डि लिडेले चार ओभरमा ३७ रन खर्चिए पनि तीन विकेट आफ्नो नाममा गरेका थिए। दुवै टिमले तीन खेल खेलको छन् र उनीहरूका लागि सुपर एटका यात्रा कठिन रहेको छ । जितका लागि एक सय ९७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स १५ दशमवल ५ ओभरमा एक सय ३ रन बनाएर अलआउट भयो ।

त्यसमा बास डे लिडले बनाएको २३ रन नै सर्वाधिक ठूलो स्कोर रह्यो । त्यसपछि कप्तान स्कट एडवार्ड्सले २० रन थपे । अमेरिकी बलरमध्ये हरमिन सिंहले २१ रनमा चार विकेट लिए । यस्तै, साड्लनी भानले तीन र मोहम्मद मोहसिनले दुई विकेट लिए । त्यस अगाडि नेदरल्यान्ड्सले टस जितेर पहिले अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो र त्यो धेरै हदसम्म ठिक सावित भएन । समूहमा भारत र पाकिस्तान चार-चार अंकमा शीर्ष दुई स्थानमा छन् । नेदरल्यान्ड्सको भने यो दोस्रो हार हो ।