
काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व सेलेक्टर तथा एनपीएल क्लब विराटनगर किंग्सका निर्देशक दिपेन्द्र चौधरीले नेपालले टी २० विश्वकपमा इटालीविरूद्ध आफ्नो क्षमताअनुसार खेल्न नसकेको बताएका छन्।
उनले कान्तिपुरसँगको कुराकानीमा सुधारको खाँचो रहेको उल्लेख गरे। इटालीसँगको खेलमा १० विकेटले पराजित भएपछि चौधरीले नेपालले अप्रत्यासित हार ब्यहोरेको बताए। नेपाली टिममा अहिले राम्रा प्रशिक्षक रहेका छन्। स्टुवर्ट ल, निको पोथास र इयान हार्वीले राम्रो मेहनत गरिरहे पनि नेपालले यो हारको समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
नेपालले अब आइतबार वेस्ट इन्डिजसँग र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ। लगातार दोस्रो हारपछि नेपालको सुपर ८ को यात्राको पनि अब सम्भावना मात्रै जिवित देखिन्छ।