१३ स्वर्णसहित कालिका मानवज्ञान माविले राष्ट्रपति रनिङ सिल्ड उपाधि जित्यो

पुस २९, २०८२ |खेल ब्युरो
१३ स्वर्णसहित कालिका मानवज्ञान माविले राष्ट्रपति रनिङ सिल्ड उपाधि जित्यो

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शनिबारदेखि चलेको सातौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १३ स्वर्ण पदकसहित कालिका मानवज्ञान माविले उपाधि हात पारेको छ । 

उपाधिसँगै कालिकाले नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ । पाल्पास्थित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले आयोजना गरेको चार दिने खेलकुद प्रतियोगिता मङ्गलबार सकिएको छ । 

प्याब्सन कप खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट, छात्रा भलिबल र छात्रछात्रा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।