मतगणना सरु भएको २४ घन्टाभित्रै प्रत्यक्षतर्फको नतिजा दिने आयोगको दाबी

दुर्गममा हेलिकोप्टर प्रयोग गरिने
फाल्गुन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
मतगणना सरु भएको २४ घन्टाभित्रै प्रत्यक्षतर्फको नतिजा दिने आयोगको दाबी

काठमाडाै‌ं । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घन्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको जानकारी दिनुभएको हो । उहाँले प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढ्ने बताउनु भयो । त्यसको नतिजा पनि छिट्टै सार्वजनिक गरिने उहाँको भनाइ छ । आयोगले गरेको यो प्रतिवद्धता कति पूरा हुन्छ भनेर निगरानी गर्न उहाँले सञ्चारकर्मीहरूलाई आग्रह समेत गर्नुभयो ।

उहाँले विश्वका जुनसुकै प्रजातान्त्रिक मुलुकमा पनि निर्वाचनको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आमन्त्रण गरी वस्तुस्थितिको जानकारी गराउने र आतिथ्यता प्रदान गर्ने सामान्य प्रक्रिया रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.