साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली युवा टोली घोषणा

फाल्गुन १९, २०८२ |खेल ब्युरो
साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली युवा टोली घोषणा

काठमाडौं । माल्दिभ्समा अर्को महिनादेखि सुरू हुने साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली युवा टोली घोषणा गरिएको छ । 

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले धरवेन्द्र कुँवरको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ- एन्फाले सामाजिक सञ्जालमार्फत सबै २३ खेलाडीको नाम सार्वजनिक गरेको हो । प्रतियोगिता माल्दिभ्समा यही चैत ९ देखि २० गते सम्म आयोजना हुने छ । 

प्रतियोगितामा नेपालसहित साफका सात सदस्य राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल समूह 'ए'मा छ । यस समूहमा नेपाल र भुटानसहित आयोजक माल्दिभ्स र श्रीलंका सामेल छन् । समूह बीमा बंगलादेश, भारत र र पाकिस्तान छन् ।

नेपालले प्रतियोगिताको उद्दघाटन खेलमा भुटानको समना गर्ने छ । दोस्रो खेललमा चैत ११ मा श्रीलंका र १३ मा माल्दिभ्सविरुद्ध खेल्ने छ । सिङ्गल राउन्ड रोविनपछि समूहको शीर्ष २ स्थानमा रहनसके सेमिफाइनलमा प्रवेश गर्ने छ । प्रतियोगिताका दुवै सेमिफाइनल चैत १८ र फाइनल खेल चैत ३ मा खेलिने छ । 

यस उमेर समूहको साफ च्याम्पियनसिपमा नेपालले २०१५ र २०१७ मा उपाधि जितिसकेको छ ।