सिन्धुलीमा बस दुर्घटना हुँदा एकको मृत्यु

फाल्गुन २०, २०८२ |राजकुमार कार्की
सिन्धुलीमा बस दुर्घटना हुँदा एकको मृत्यु

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-४ हिरापानीमा बुधबार बस र स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका-२ बितिजोर घर भई हाल कमलामाई नगरपालिका-६ धुरासिरान बस्ने वर्ष ३५ को चन्द्र श्रेष्ठ रहेका छन् । काठमाडौंबाट सिन्धुलीको मरिण जाँदै गरेको बा ४ ख ३८९४ नम्बरको बस घाँस काट्नका लागि चियाबारीतर्फ गइरहेको ज १० प ९२३ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए । 

बस चालक हरिहरपुरगढी-५ का राजकुमार माझी र बसलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको छ ।


Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।