बेनिनलाई हराउँदै इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

मोजाम्बिकलाई पराजित गर्दै नाइजेरियाले पनि अन्तिम आठमा स्थान बनायो
पुस २२, २०८२ |खेल ब्युरो
बेनिनलाई हराउँदै इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

काठमाडौं । इजिप्ट अफ्रिका कप अफ नेसन्स-एएफकन २०२५ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

म्याराकेशमा गएराति भएको अन्तिम-१६ को खेलमा इजिप्टले अतिरिक्त समयमा दुई गोल गर्दै बेनिनलाई पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। गोलका स्पष्ट अवसर कम देखिएको खेलमा इजिप्टले दोस्रो हाफको अन्त्यमा अग्रता बनाएको थियो। 

मिडफिल्डर मारवान अत्तियाले पेनाल्टी क्षेत्रको छेउबाट सानदार प्रहार गर्दै इजिप्टलाई १-०को अवस्थामा पुर्याएका थिए । तर खेल सकिन सात मिनेट बाँकी रहँदा जुनियर ओलाइ-तानको क्रस डिलेक्ट भएपछि जोडेल डोसुले गोल गर्दै बेनिनलाई बराबरीमा फर्काएका थिए । 

निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। अतिरिक्त समयमा दुबै टोलीले अवसर सृजना गर्न संघर्ष गरे पनि सेट-पिस गोल नै निर्णायक बन्यो। यासर इब्राहिमले नजिकबाट गरेको प्रहार खेलको निर्णायक क्षणमा मोहम्मद सालाहले टिमका लागि तेस्रो गोल गरेका थिए। 

बेनिनका गोलकिपर मार्सेल डान्जिनोउलाई छल्दै गोलमा परिणत भएको थियो। खेलको अन्तिम मिनेटमा मोहम्मद सालाहले व्यक्तिगत कौशल प्रदर्शन गर्दै बक्स बाहिरबाट आकर्षक गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे। यो जितसँगै इजिप्ट क्वार्टरफाइनलमा पुगेको हो भने बेनिन २०१९ जस्तै अन्तिम आठमा पुग्ने लक्ष्य पूरा गर्न असफल भयो। 

अब इजिप्टले क्वार्टरफाइनलमा आइभोरी कोस्ट वा बुर्किना फासोमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल शनिबार अगाडिरमा हुने तय भएको छ।