.png&w=1000&height=550)
ताप्लेजुङ । देश, भूगोल, स्थान विशेषका आ-आफ्नै विशेषताका खेलकुद छन् र हुन्छन् पनि ।
पुर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङमा भने भलिबल प्रतियोगिता चर्चित र लोकप्रिय छ । यतिसम्मकी बारीका गहृा र खोलाको बगर सम्याएर प्रतियोगिता सञ्चालन हुने गरेका छन् । ताप्लेजुङको मेरिङदेन र आठराई-त्रिवेणी गाउँपालिकाको सङगमस्थलमा रहेको दोभान बजार नजिकै रहेको मेवाखोलाले हरेक वर्ष आफ्नो धार परिवर्तन गर्छ ।
बर्खामा अनिवार्य बाढी आउने खोलाले कहिले मेरिङदेन त कहिले आठराई-त्रिवेणीतिर बगर बनाएर छोडिदिन्छ । स्थानीय युवा त्यही बगरलाई सम्याउँछन् र हरेक वर्ष प्रथम हुनेले तीन लाख बढी पुरस्कार पाउने अन्तराष्ट्रिय प्रतियोगिता सञ्चालन गर्छन् । रोचक त केछभनें त्यही प्रतियोगिता हेर्न गाउँगाउँबाट मान्छे ओइरिन्छन् ।
सानो मैदानमा अत्याधिक मान्छेकाे उपस्थिति हुने भएकाले भलिबल खेलको लोकप्रियता कायमै रहेको जिल्ला खेलकुद विकास समितिको बुझाइ छ । जिल्ला खेलकुद विकास समिति, ताप्लेजुङ दोभानमा बगर, सिरिजङगा गाउँपालिका-२ आम्बेगुदिनमा खेत सम्याएर जिल्लाकै ठुला प्रतियोगिता चल्ने गरेका छन् भने वडा, पालिकास्तरीय प्रतियोगिता अनगिन्ती हुने खेलकुद विकास समितिले जनाएको छ ।