बेलौरी नगरपालिका : राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि शान्ति माविलाई

पुस ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
बेलौरी नगरपालिका : राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि शान्ति माविलाई

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा सञ्चालित १६औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि शान्ति माविले जितेको छ । 

बेलौरी नगरपालिकाको आयोजनामा पुस १ गतेदेखि सञ्चालन भएको प्रतियोगिता विभिन्न खेल विधामा प्रतिस्पर्धा गराउँदै शुक्रबार समापन भएको हो । नगरपालिकाभित्रका २५ वटा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी प्रतियोगितामा शान्ति मावि पहिलो, लक्ष्मी मावि दोस्रो र जननमुना मावि तेस्रो भएका हुन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.