जलमुखी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरू

पुस ४, २०८२ |पोषनाथ अधिकारी
जलमुखी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरू

धादिङ । धादिङको जलमुखी गाउँपालिकामा शुक्रबारदेखि पाँचौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ।

चित्रेपाखा खेलमैदानमा जारी प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा विद्यालय सहभागी छन् । गाउँपालिकाले खेल प्रतियोगितासँगै रैथाने बाली प्रदर्शनीसमेत गरेको छ । भलिबल, एथलेटिक्स, कबड्डी र दौडलगायतका खेलमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन् । 

धादिङमा अन्य गाउँपालिकाले पनि पालिकास्थरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरू गरेका छन् ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।