एएफपीद्वारा एन्फालाई दुई हजार डलर जरिवानासहित कारबाही

एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको मलेसियाविरुद्धको खेलमा ढिला मैदान प्रवेश गरेको आरोप
पुस ४, २०८२ |खेल ब्युरो
एएफपीद्वारा एन्फालाई दुई हजार डलर जरिवानासहित कारबाही

काठमाडौं । एसियाली फुटबल महासंघ एएफपीले अखिल नेपाल फुटबल संघ एन्फालाई दुई हजार डलर जरिवाना गरेको छ ।

एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको मलेसियाविरूद्धको खेलमा मैदानमा ढिला प्रवेश गरेको आरोपमा नेपाललाई जरिवानासहित कारबाही गरिएको हो । पछिल्लो नोभम्बर १८ मा मलेसियामा भएको त्यस खेलमा नेपाल १-० ले पराजित भएको थियो । बुकिट जलिलको नेसनल स्टेडियमा भएको खेलमा नेपालले खेल सुरू हुन अगाडि मैदानमा प्रवेश गर्न एक मिनेट ३० सेकेन्ड ढिला गरेको थियो ।

मलेसियालाई पनि यही आरोपमा दुई हजार पाँच सय डलर जरिवाना गरेको छ । एएफसीको अनुशासन तथा आचारसंहिता समितिको डिसेम्बर १५ मा बसेको बैठकले नेपाल र मलेसियालाई कारबाही गर्न सिफारिस गरेको हो । एएफपीको नियम अनुसार दुबै देशले कारवाही सिफारिस गरेको ३० दिन भित्र जरिवना भुक्तान गरिसक्नु पर्ने छ ।