
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त हुनुभएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका उपमहानिर्देशक कर्णलाई महानिर्देशक नियुक्त गरिएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरस्थित नलिन्चोक हेलिप्याड नियर्माणमा भष्टाचार गरेको अभियोग लगाएर अख्तियारले केही साताअघि विशेष अदालतमा मुद्दा दायर गरेपछि पद खाली भएको थियो ।
सुरूमा पर्यटन मन्त्रालयले मन्त्रालयकै सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको थियो । प्राविधिक जानकारी भएको व्यक्ति उचित हुने भन्दै कर्णलाई निमित्त महानिर्देशक दिइएको हो ।