
काठमाडौं । निम्ती कुंवर जयकर मेमोरियल जुनियर टेनिस प्रतियोगिताको दुई विधामा फाइनल प्रवेश गरेकी छन् ।
निम्ती यू-१० र यू-९को उपाधि नजिक पुगेकी हुन् । काठमाडौंको मन्डिखाटार टेनिस क्लबमा शुक्रबार भएको सेमिफाइनलमा निम्तीले यू-१० मा आमेरा गुप्तालाई सोझो सेटमा पराजित गरिन् । उनले पहिलो सेट सहजै ६-० ले जितेकी थिइन् । दोस्रो सेट ६-२ ले आफ्नो पक्षमा पार्दै निम्तीले फाइनल यात्रा तय गरिन् ।
यस्तै यू-९को फाइनल पुग्ने क्रममा उनले स्वर्णिमा श्रेष्ठलाई हराएकी हुन् । उनले यू-१०को उपाधिका लागि राजिसा जोशी र यू-९ को उपाधिका लागी अमिरा गुप्तासँग प्रतिस्पर्धा गर्ने छन् । अमिराले सहारा कायस्तलाई ४-० र ४-२ ले पराजित गर्दै निम्ती भेट पक्का गर्दा राजिसा जोशीले सम्रिद्धि खत्रीलाई पराजित गरिन् ।
यस्तै यू-१२ बोइजमा आरित मल्ललाई ७-६ र ६-१ ले पराजित गर्दै अर्यन पौडेल फाइनमा प्रवेश गरेका छन् । उनले उपाधिका लागि सभयजंग कार्कीसँग प्रतिस्पर्धा गर्ने छन् । उनले आफ्नो उमेरको स्पर्धामा वेदान्त चालिसेलाई ७-६ र ६-३ ले पराजित गरेका हुन् ।
यस्तै यू-१० बोइजको उपाधिका लागी वीरल अग्रवाल र सहांश बस्नेत अमने समने हुने भएका छन् । वीरलले कायान चालिसे र सहांशले साविक पोखरेललाई सोझो सेटमा पराजित गरे ।