मधेसका मुख्यमन्त्री यादवलाई प्रदेश सभाबाट विश्वासको मत प्राप्त

पुस ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेसका मुख्यमन्त्री यादवलाई प्रदेश सभाबाट विश्वासको मत प्राप्त

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले भारी विश्वासको मत दिएको हो । यादवको पक्षमा ९२ मत परेको थियो । प्रदेश सभामा शुक्रबार उपस्थित भएका सबै दलका सबै प्रदेश सभा सदस्यले यादवलाई विश्वासको मत दिएका हुन् । 

सोही कारण प्रस्तावको विपक्ष तथा तटस्थमा शून्य मत परेको थियो । एमाले इतर सात दलकाो सिफारिसमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई नेकपा एमालेले समेत पक्षमा मत दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.