थुनामुक्त भएलगत्तै रविले भन्नुभयाे- न्यायको लडाइँ बाँकी नै छ

पुस ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
थुनामुक्त भएलगत्तै रविले भन्नुभयाे- न्यायको लडाइँ बाँकी नै छ

काठमाडौं । भैरहवास्थित जिल्ला अदालतमा कागजी प्रक्रिया पुरा गरेर थुनामुक्त भएलगत्तै समर्थकलाई संक्षिप्त सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछानेले न्यायको लडाइँ बाँकी नै रहेको बताउनुभएको छ ।

हिसाब मिलाउन र न्याय पाउन अझै बाँकी रहेको प्रतिक्रिया दिँदै लामिछानेले जनता र देशको न्यायका लागि अझै लड्न बाँकी रहेको बताउनुभयो । यसअघिका सरकार र नेताले देशमाथि गरेको अन्यायका अगाडि आफूमाथि भएको अन्याय केही पनि नभएको भन्दै उहाँले उनीहरूको हिसाब गरेपछि लामो बोल्ने बताउनुभयो । 

मुलुकले चाँडै न्याय पाउने आशा गरेको पनि उहाँको भनाइ छ। प्रहरीको गाडीमा जिल्ला अदालत प्रवेश गरेका लामिछाने निजी गाडीमा बाहिरिनुभएको थियो । समर्थकले अदालतको गेटबाट मुख्य सडकसम्म नाराबाजी गर्दै पुर्‍याएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.