.png&w=1000&height=550)
झापा । अर्जुनधारा खुला महिला भलिबल खेलमा एपीएफ क्बलले विजय सुरूवात गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगितामा एपीएफले एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । २५-११, २५-१५ र २५-२० अकंले पराजित गरेको हो । बुधबारको प्लेयर अफ दि म्याच एपीएफका नेविका चौधरी भएकी छन् । उनले नगद ५ हजार प्राप्त गरेकी छिन् ।
त्यस्तै दोस्रो खेलमा न्यू डाइमण्डले कोशी प्रदेश भलिबल टिमलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको छ । प्रतियोगितामा ६ टिम सहभागी छन् । दुई समूहमा बाँडिएको छ । समूह 'ए' मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छ । समूह 'बी' मा न्युू डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् । विजेताले नगद दुई लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ।