महिला ट्राइ नेसन्स कप : नेपाल चाइनिज ताइपेईसँग पराजित

मंसिर १६, २०८२ |खेल ब्युरो
महिला ट्राइ नेसन्स कप : नेपाल चाइनिज ताइपेईसँग पराजित

काठमाडौं । महिला ट्राइ नेसन्स कपको दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग १-० ले पराजित भएको छ। 

इन्डोनेसियामा मंगलबार भएको ट्राइ नेसन्स कपको दोस्रो खेलमा नेपाल ताइपेईसँग पराजित भएको हो। प्रतियोगितामा नेपालको यो दोस्रो हारसमेत हो। मंगलबारको खेलको पहिलो हाफ गोलरहीत बराबरीमा रोकिएको थियो। दोस्रो हाफको ५३औं मिनेटमा ताइपेईकी के सिन हृवाङले गोल गरेर ताइपेईलाई अग्रता दिलाएकी थिइन्।

यसअघिको खेलमा नेपालले एक गोलको अग्रता जोगाउन नसक्दा २-१ ले पराजित भएको थियो। नेपालले एक गोल पनि इन्डोनेसियाको आत्मघाती गोलबाट कोसेली पाएको थियो। नेपालले साफ च्याम्पियनपिसपलाई लक्ष्यमा राखेर त्यसको लामो तयारीस्वरूप यो प्रतियोगिता खेलेको हो।