एनपीएल : पोखराका ओपनर एडम रसिङटनद्वारा दोस्रो शतक प्रहार

मंसिर १६, २०८२ |खेल ब्युरो
एनपीएल : पोखराका ओपनर एडम रसिङटनद्वारा दोस्रो शतक प्रहार

काठमाडौं । पोखराका ओपनर एडम रसिङटनले नेपाल प्रिमियर लिग २०२५ को दोस्रो शतक प्रहार गरेका छन् ।

आज टीयू क्रिकेट मैदानमा कर्णाली याक्सविरूद्ध ब्याटिङका लागि आमन्त्रण पाएको खेलमा रसिङटनले ५५ बलमा ११ चौका र ६ छक्कासहित शतक पूरा गरेका हु्न् । उनले ५८ बलमा १ सय ८ रनको अविजित इनिङ्स खेल्दा ५८ बलमा ११ चौका र ७ छक्का प्रहार गरे । 

यो एनपीएल इतिहासकै तेस्रो शतक हो। गत सिजन पोखराकै आन्द्रिएस गस र यस सिजन कर्णालीका मार्क वाटले शतक प्रहार गरेका थिए । रसिङटन र जेसन रोयबीच दोस्रो विकेटका लागि ७२ बलमा एक सय २७ रनको साझेदारी भएको थियो । जुनकुनै पनि विकेटका लागि एनपीएल इतिहासकै तेस्रो ठूलो र दोस्रो विकेटका लागि दोस्रो ठूलो साझेदारी हो ।

रसिङटनको शतक प्रेरित पोखराले २० ओभरमा २ विकेट गुमाएर २ सय २ रनको विशाल योगफल तयार पारेको थियो । यससँगै पोखरा एनपीएलमा २ सय रनभन्दा बढीको योगफल तयार पार्ने दोस्रो टोली बनेको छ। यसअघि यसै सिजन विराटनगरले पोखराविरुद्ध २ सय २० रनको योगफल तयार पार्दा एनपीएलमा हाल सम्मकै उच्च योगफल बनाएको थियो ।