ट्रफी रक्षा गर्न डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स तयार

कार्तिक २८, २०८२ |खेल ब्युरो
ट्रफी रक्षा गर्न डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स तयार

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स यसपटक पनि ट्रफी रक्षा गर्न पूर्णरूपमा तयार छ । 

वेस्ट इन्डिजका महान ब्याटर शिवनारायण चन्द्रपलको प्रशिक्षणमा सन्तुलित टिम संयोजन र उच्च आत्मविश्वासले जनकपुरलाई थप घातक बनाएको छ । पहिलो सिजनको उत्कृष्ट लयलाई कायम राख्दै जनकपुर बोल्ट्स दोस्रो सिजनमा पनि उपाधि रक्षा गर्ने लक्ष्यमा दृढ देखिन्छ । जनकपुरले सिजनको उद्घाटन खेलमा काठमान्डु गोर्खाजको सामना गर्नेछ ।

प्रशिक्षक शिवनारायण चन्द्रपलले भनै, 'निश्चय पनि हामीले राम्रो तयारी गरेका छौं । खेलाडीहरुले कडा मेहनत गरिरहेका छन् । समय आएपछि हामी प्रतिस्पर्धाका लागी तयार छौं । हामी हरेक खेललाई समान महत्व दिने छौं । गत वर्षको उपाधि भन्दा हामी अघी बढेर सोची रहेका छौं । हामीले उद्घाटन खेल खेल्दे छौँ र हरेक खेल हाम्रा लागि फाइनल सरह हुने छ ।' उहाँले थप भने,'खेलायीहरूले आफ्नो शैलीकै क्रिकेट खेल्नु पर्छ । म पनि यही चाहन्छु । टी-२० क्रिकेटमा समारात्मक हुन यस्तै गर्नुपर्छ जस्तो लाग्छ ।'