
काठमाडौं । आईसीसी विश्वकप लिग 'टू'मा अमेरिकाले यूएईमाथि रवाफिलो जित हासिल गरेको छ।
अमेरिकी बलरले धारिलो बलिङ गरेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टिम दुई सय ४३ रनको विसाल अन्तरले पराजित भयो। यससँगै अमेरिका यति ठूलो अन्तरले खेले जित्ने पहिलो एसोसिएट टोलीसमेत बनेको छ। यो जितसँगै अमेरिकाले आईसीसी विश्वकप लिग टू को अंकतालिकामा ३६ अंक बनाएको छ।
टस जितेर यूएईले फिल्डिङ रोजेपछि अमेरिकाले ५० ओभरमा तीन विकेट मात्रै गुमाएर दुई सय ९२ रन बनाएको हो। साइतेजा मुक्कमल्ला र मिलिन्द कुमारले २ सय ६४ रनको दोहोरो शतकीय साझोदारी गरेपछि अमेरिकाले २ सय ९३ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो।
अमेरिकी ओपनर समित पटेल ५ र सायान जाहिन्गर दुई रनमा आउट भए। दुबै ओपनर गुमाउँदा अमेरिकाले ७ रन बनाएको थियो। तेस्रो नम्बारका मोनांक पटेललाई जुनैद सिद्दिकीले १५ रनमा पवेलियन फर्काए। सिद्दकीले २ र मुहम्मदा रोहिदले एक विकेट लिएर यूएईलाई उत्कृष्ट सुरूआत दिलाएका थिए। तर अमेरिकाका साइतेजा र मिलिन्दाले अविजित दोहोरो शतकीय साझेदारी गरेर खेल प्रतिस्पर्धात्मक बनाए।
उनीहरूले २ सय ५८ बल खेलेर दुई सय ६४ रनको साझेदारी गरे। खेलमा मिलिन्दले एक सय २३ रन जोडे भने मुक्कमल्लाले एक सय ३२ रनको उत्कृष्ट इनिङ खेलेका हुन्। मुक्कमल्लाले आफ्नो केरियरकै सबैभन्दा धेरै रन बनाए। दुबै खेलाडीले केरियरको तेस्रो शतक प्रहार गर्दा यूएईका कुनै बलरले यो साझेदारी तोड्न सकेनन्।
जवाफमा अमेरिकाले धारिलो बलिङ गरेपछि युएई ४९ रनमा समेटियो। रुशी उगारकरले ८ ओभर एक बलमा २२ रन मात्रै खर्चिएर पाँच विकेट लिएका। सौरभ नेत्राभल्करले शून्य दशमलव पाँचको इकोनोमीमा बलिङ गर्दै तीन विकेटसमेत हात पारे। युएईका कुनै ब्याटरले साझेदारी बनाउन सकेनन्।
ओपनर अलिशान सराफू, सोएब खान र जैद अली शून्यमा आउट भए। मुहम्मद शाहदाद र हर्षित कौशीक एक रनमा आउट भएका थिए। जुनैदी सिद्दकीले सर्वाधिक १० रन जोडेका थिए। यो हारसँगै यूएई लिग टूको पुछारमा कायमै छ भने अमेरिकाले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ।