दृढ साहस र कुशल नेतृत्व क्षमताका धनी सोफी

कार्तिक ११, २०८२ |फायेज होदा
दृढ साहस र कुशल नेतृत्व क्षमताका धनी सोफी

काठमाडौं । भारतको विसाखापटनममा जारी महिला विश्वकप २०२५ अन्तर्गत इंग्ल्यान्डविरूद्धको खेलमा न्युजिल्यान्ड आठ विकेटले पराजित भयो । 

तर उक्त खेल न्युजिल्यान्डकी ३६ वर्षीया कप्तान सोफी डिभाइनका लागि एक दिवसीय करिअरकै अन्तिम थियो । खेललगत्तै उनले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरिन् भने सहकर्मीहरूले गार्ड अफ अनर दिादा उनी निकै भावुक देखिइन् । एक दिवसीयबाट बिदा लिए पनि टी-२० अन्तर्राष्ट्रिय क्रिकेट जारी राख्ने सोफीले बताएकी छन् ।

न्युजिल्यान्डकी निवर्तमान कप्तान सोफी डिभाइन विश्व महिला क्रिकेटमा केबल तीन खेलाडीमध्यकी एक हुन् जसले एक दिवसीयमा ४ हजार रन र एक सय विकेट दुबै बनाउने कीर्तिमान बनाएकी छन्। उनीबाहेक अस्ट्रेलियाकी एलीसे पेरी र वेस्ट इन्डिजकी स्टेफनी टेलरसाग मात्रै यस्तो रेकर्ड छ। 

सोफीका नाममा ओडीआईमा ऐतिहासिक रेकर्ड कायम छन्। उनले ४ हजार २ सय ७९ रन बनाउँदा ९ शतक र १८ अर्धशतक समावेश छन्। उनका नाममा १ सय ११ विकेटसमेत छन्। यो विश्वकपमा समेत उनले उत्कृष्ट र्फम प्रस्तुत गरिन् । ५७.८० को औसतमा २ सय ८९ रन बनाउँदा एक शतक र दुई अर्धशतक प्रहार गरिन। उनले न्यूजिल्यान्डका लागि सबैभन्दा बढी रन बनाएकी थिइन्।

उनको योगदान अंकभन्दा धेरै पर समाजमा परिवर्तन र सचेतनाका लागि छ। उनले यो २ दशक मानसिक स्वास्थ्य र टाइप वान डायबिटिज सम्बन्धि सचेतना फैलाउने काम गरिन्। १५ वर्षमै टाइप वान डायबिटिज भए पनि आफ्नो खेलमा प्रभाव पर्न दिइनन्। दृढ साहस र कुशल नेतृत्व क्षमताका कारण उनी विश्वभरका खेलाडीका लागि प्रेरणाको स्रोत बनेकी छन् । 

क्रिकेट मात्र होइन, डिभाइनले सन् २०११-१२ राष्ट्रिय हकी टिमबाट समेत खेलिन्। उनले सन् २०२० देखि कप्तानको रूपमा जिम्मेवारी सम्हाल्दै सन् २०२४ मा टी-२० विश्वकप जिताएकी थिइन्, जसले उनको नेतृत्व क्षमतालाई झन् चम्किलो बनायो।

अन्तिम खेलमा टसमा जाँदा उनले साथीहरूबाट आफ्नै देशको ढुंगाबाट बनेको हार-पोउनामु उपहार पाइन्। यो उनको ३ सयौं अन्तर्राष्ट्रिय खेलको सम्झनामा दिइएको थियो। विश्वसाग आफ्नै देशको सानो अंश बाँड्ने अवसर साथीहरूले दिएपछि उनी दंग थिइन्। विसाखापटनमको मैदानबाट उनको बिदाइ केबल एउटा खेलको अन्त्य मात्रै थिएन, एउटा युगको अन्त्य थियो। शक्ति, आत्मा र सादगीको प्रतीक थियो। जुन कुनै खेलको इतिहासमा विरलैमात्रै देख्न सकिन्छ।


Image

फायेज होदा

फायज कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन्