चितवन । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको समय नजिकिँदै गर्दा फ्रेन्चाइज टिमहरुले तयारीलाई तिव्रता दिइरहेका छन् । टिमहरुले धमाधम विदेशी खेलाडी अनुबन्ध गरिरहेका पनि छन् । यही क्रममा चितवन राइनोजले ट्रफी टुरको अवसरमा एकै दिन तीन विदेशी खेलाडी सार्वजनिक गरेको छ । यससँगै चितवन राइनोजले तयारी तीव्र बनाएको छ ।
नारायणघाटस्थित क्याम्पाचौरमा भेला भएका चितवन राइनोजका समर्थकमाझ मंगलबार विहान ९ बजेदेखि नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक गरियो । त्यसअघि चितवन राइनोजले यसपटक आफ्नो प्रचार-प्रसारलाई अझै प्रभावकारी बनाउन तीन जनालाई फेस अफ द राइनोज घोषणा गर्यो, जसमा राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा, नायिका नीति शाह र चितवन महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ छन् ।
क्याम्पाचौरबाट सुरु भएको ट्रफी टुर भरतपुर परिक्रमा गर्दै सौराहा पुगेसागै राइनोजले सौराहा ड्याम साइडमा एकैपटक तीन विदेशी खेलाडी सार्वजनिक गर्यो । पहिलो संस्करणमा चितवन राइनोजबाटै खेलेका पाकिस्तानका सोहेल तनभिर र इङल्याण्डका रबि बोपारासंगै पहिलोपटक इङल्याण्डका डेविड मलानलाई सार्वजनिक गरेको हो । थप नयाा तीन विदेशी खेलाडी पनि छिट्टै सार्वजनिक गर्ने चितवन राइनोजले जनाएको छ ।
पहिलो संस्करणमा चौथो स्थानमा रहेको चितवन राइनोज यसपटक उपाधि जित्ने होडमा छ । त्यसका लागि टिम व्यवस्थापन सम्पूर्ण हिसाबले तयारीमा अवस्थामा रहेको छ ।
यसपटक नेपाल पि्रमियर लिग आउँदो मंसिर १ गतेदेखि टियु क्रिकेट रंगशाला किर्तिपुरमा हुादैछ । रातिमा खेल हुने संभावना बढी भएकाले यसपटक फ्रेन्चाइज टिमले सोही अनुसार तयारी अघि बढाएका छन् ।