इनिसा विक प्रकरण : घटनाको अनुसन्धान अन्तिम चरणमा

फाल्गुन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
इनिसा विक प्रकरण : घटनाको अनुसन्धान अन्तिम चरणमा

सुर्खेत । बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी इनिसा विकको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका अभियुक्तहरूको म्याद थपसहित उनीहरूले गरेको बयानलाई पोलिग्राफ टेष्टमार्फत परीक्षण भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसनधान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो -सीआईबीको टोली पनि शुक्रबार सुर्खेत आइपुगेको छ । 

नेपालगञ्जबाट पोलिग्राफको टोली बिहीबार नै सुर्खेत आएर घटनाको अध्ययन थालेको छ । पक्राउ परेका मुख्य आरोपीले शारिरीक सम्बन्ध राख्दा इनिसाको मृत्यु भएको स्वीकार गरेको प्रहरीसँग बयान दिएका छन् । घटनाको निष्पक्ष छानबिनका लागि बिटिस, बिएलआर परीक्षण र अभियुक्तहरूलाई छुटाछुटै राखेर अनुसन्धान गरीरहेको प्रहरीले पीडितलाई जानकारी गराएको छ । 

त्यस्तै अभियुक्तले घटना भएको समयमा भएको मोबाइल कुराकानीको रेकर्डको विश्लेषण गरिसकेको र एउटा अपरिचित नम्बरबाट सबैसाग सम्पर्क भएको देखिएको प्ररहरीले जनाएको पीडित परिवारले बताएको छ । यही फागुन २३ गते वीरेन्द्रनगरस्थित जनजागृति सामुदाय वनमा इनिसाको बलात्कार भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 

घटनाको सबै तथ्य प्रमाण प्रहरीले संकल गरी सीआइबीको टोलीसहित सुर्खेत प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ ।

याे पनि :

इनिशालाई न्याय देऊ !


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.