काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत यो हप्ताको अन्तिम खेल साेमबार राति बेन्टर्फडले वेस्ट हृयामको सामना गर्दैछ।
यो खेल राति पौने १ बजे वेस्ट हामको लन्डन रंगशालामा आयोजना हुनेछ। पछिल्लो खेलमा आर्सनलसँग २-० को हार ब्योरेपछि वेस्ट हृयाम अहिले चार खेलसम्म जितविहिन छ। प्रशिक्षक नुनो सान्तो यसअघि नटिङ्घम फरेस्टमा हुँदाजस्तो रक्षात्मक रणनीति तयार गर्न असफल छन्।
उनको टिमले दुई खेलमा ३-३ गोल ब्योरिसकेको छ। पछिल्ला ८ खेलमा नै उनीहरूको यात्रा एत्कृष्ट छैन्। लिगको १९औं स्थाना रहेको वेस्ट हृयामले अहिलेसम्म एक खेल मात्रै जितेको छ। पहिलो हाफमा कमजोर प्रदर्शन गर्नु नै वेस्ट हामको कमजोरी हो। जारी सिजनमा उसले ८ गोल गर्दा सात गोल दोस्रो हाफमा भएको छ।
त्यसमाथि घरेलु मैदानका खेलमा वेस्ट हामले हार जोगाउन सकेको छैन्। यता अघिल्लो खेलमा म्यानचेस्टर सिटीसँग हार ब्यहोरेको भए पनि प्रशिक्षक पेप ग्वार्डिओलाले ब्रेन्टर्फडको फाइटिङ स्पिरिटको प्रशंसा गरेका छन्। फुटबल छोडेको एक दशकपछि प्रशिक्षणमा फर्किएका केथ एन्डि्रउको ब्रेन्टर्फडको अझै रणनीति परीक्षण हुन बाँकी छ। तर उनको टिम अहिले वेस्ट हृयामभन्दा तीन अंकले मात्रै माथि छ।
उसले सातमध्ये दुई खेल जितेको छ भने एक खेल बराबरी गरेको छ। तर अवे मैदानमा यो सिजन ब्रेन्टर्फडको रेकर्ड खराब छ। उसले अवे मैदानमा तीन खेल नै हारेको छ।