काठमाडौं । इंग्लिस प्रिमियर लिग-ईपीएलमा शनिबार आठौं चरणका खेल सुरू भएका छन्।
शनिबार भएको पहिलो खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई हराएको छ। फरेस्टको सिटी ग्राउन्डमा भएको खेलमा घरेलु टिम ३-० ले पराजित भएको हो। निराशाजनक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
लिगमा राम्रो फर्ममा फकिएको चेल्सीले पहिलो गोल खेलको ४९औं मिनेटमा गरेको थियो। जोस अचेम्पोङले पेड्रो नाटोको पोसमा गोल गरेका हुन्। पेड्रोले खेलको ५२औं मिनेटमा अर्को गोल थपेले घरेलु दर्शकलाई शान्त पारेका थिए। उनलाई गोलका लागि रिस जेम्सले पास उपलब्ध गराएका थिए।
खेलको ८४औं मिनेटमा रिस जेम्सले गोल गरेर खेललाई ३-०मा समाप्त गरेका हुन्। खेलको तीन मिनेट मात्रै बाँकी रहँदा मालो गुस्तोले रातो कार्ड ब्यहोरेपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो। त्यसपछि घरेलु टिमले एडभान्टेज पाए पनि गोल फर्काउन सकेन्।
नटिङ्घमले ४९ प्रतिसत समयमा बलमा नियन्त्रण बनाएर गोलका प्रयास गरे पनि सफल हुन नसकेको हो। यो जितसँगै चेल्सीले ८ खेलबाट १४ अंक बनाएको छ भने फरेस्टको पाँच अंक मात्रै छ। लिगमा अहिले पाँच खेल जारी छन्।