जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको भक्तपुरको जागाती प्रहरी वृत्त पुनर्निर्माणपछि हस्तान्तरण

कार्तिक ३, २०८२ |सुन्दर शिल्पकार
जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको भक्तपुरको जागाती प्रहरी वृत्त पुनर्निर्माणपछि हस्तान्तरण

भक्तपुर । भदौ २४ गते जेन-जी आन्दोलनका कारण आगलागी र तोडफोडका क्रममा क्षति भएको भक्तपुरको जागाती प्रहरी वृत्त साेमबार हस्तान्तरण गरिएको छ ।

जगाती प्रहरी बृत्त पुनर्निर्माण समितिले साेमबार एक कार्यक्रम गरी प्रहरी वृत्त हस्तान्तरण गरेको हो । प्रहरी चौैकी पुन:स्थापनाका लागि ९२ वर्षीय जेष्ठ नागरिक नारायण भक्त कवांलेदेखि २ वर्षीय अवन मधिकर्मीले आफनो बाल बचतबाट सहयोग गरेका थिए ।

बृत्ताका प्रहरीहरुलाई स्थानीयले बाजागाजासहित टीका र खादा लगाएर स्वागत गरी वृत्तमा भित्राएका थिए । वृत्तको प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले उद्घाटन गर्दै प्रहरी र नागरिक एक आर्काको परिपुरक भएकाले मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

उहाँले समाजको शान्ति सुरक्षा र ज्यु-धनको रक्षाको लागि प्रहरीको आवश्यकता महसुस गरेर नै भदौ जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका उपत्यका प्रहरी चौकीहरू नगरिकहरूले नै पुन:स्थापना गरिदिएर संसारमै उदाहरणीय कार्य गरेको बताउनुभयो ।

सरकारी प्रक्रियामा गएर पुनर्निर्माण गरिए एक वर्ष समय लाग्ने तर नागरिकले अपनत्व लिँदा एक महिनामा नै काम सकिएको उहाँको भनाइ थियो । नगरिकको सुरक्षाको प्रत्याभुत हुने सम्मान पहुँच पुग्ने लोकतान्त्रिक मुल्य र मान्यता अनुरूप शान्तिको चाहना पुरा हुने गरी सेवामा खटिन प्रहरीलाई अतिरीक्त महानिरिक्षक कार्कीले निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी चौकी पुन:स्थापनामा आर्थिक सहयोग गर्ने १ सय ७६ जनालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । प्रहरी वृत्त स्थानीहरूको सक्रियतामा एक महिना ९ दिनमा पुन:स्थापना समितिका अध्यक्ष कृष्ण राम जाकिबन्जारले बताउनुभयो । प्रहरी वृत जगातीको कार्यालय मर्मतमा ५० देखि ५५ लाख रूपैयाँ खर्च भएको पुन:स्थापना समितिका अध्यक्ष कृष्ण राम जाकीबन्जारले बताउनुभयो ।

कार्यालयका लागि आवश्यक फर्निचर लगायतका समाग्री खरिद गर्न खर्च थप बढ्ने उहाँले बताउनुभयो । जगाती प्रहरी वृत्तमा भदौ २४ गतेको आगजनी र तोडफोडका क्रममा हात हतियार समेत लुटिएक थिए ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।