पूर्वमन्त्री खड्का भागे भनेर अन्तर्वार्ता छापिएपछि फर्किनुभयो : गृहमन्त्री अर्याल

कार्तिक ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वमन्त्री खड्का भागे भनेर अन्तर्वार्ता छापिएपछि फर्किनुभयो : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्का भागेको भनेर अन्तर्वार्ता छापिएपछि नेपाल फर्किनुभएको दाबी गर्नुभएको छ ।

सिंहदरबारमा सोमबार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री अर्यालले पुर्वमन्त्री खड्काले नै आफू भारत गएको स्वीकार गरिसकेको बताउनु भयो । आफूले अन्तर्वार्ता दिँदा पुर्वमन्त्री खड्का नेपालमा नभएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘उहाँ आफैले भन्नुभएको छ, उहाँ स्थलमार्गबाट भारत गएको थिए भनेर । उहाँ कहिले जानुभएको थियो ? उहाँलाई सोध्नुपर्‍यो नी । मैले कुन दिन बोलेको थिए, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो ? अन्तर्वार्ता छापिएपछि आउनुभयो नी उहाँ त ।’

गृहमन्त्री अर्यालले आइतबार सञ्चारमाध्याममा पूर्वमन्त्री खड्का नेपाल छाडेर भागेको र केही नेता भाग्ने क्रममो रहको अन्तर्वार्ता दिनुभएको थियो । सोमबार पूर्वमन्त्री खड्काले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेपछि गृहमन्त्री विवादमा मुछिनुभएको छ ।

सम्बन्धित समाचार :

देश छोडेर भाग्दिन, भाग्नुपर्ने कुनै कारण छैन : पूर्वऊर्जामन्त्री खड्का


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.