काठमाडौं । आईसिसी पुरुष टी-२० एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरूद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिए । नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो ।
यूएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । समूह चरणमा यूएईले कतार र मलेसियालाई हराएको थियो । समूह चरणको छनोट खेलमा नेपाल र यूएई अपराजित छन् । दुवै टोलिसँग समान दुई-दुई अङ्क छन् ।
विश्वकप छनोटमा सहभगिता जनाउनको लागि पनि आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।-रासस