काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका प्रदर्शनमा भएको भौतिक र मानवीय क्षतिको छानबिन गर्न सरकारद्वारा गठन गरिएको जाँचबुझ आयोगले आम नागरिकलाई जानकारी र प्रमाण पठाउन अनुरोध गरेको छ।
आयाेगले आज एक विज्ञप्ति जारी गर्दै आम नागरिकलाई जानकारी र प्रमाण पठाउन अनुरोध गरेको हाे । आयोगले प्रदर्शनका क्रममा राजनीतिक दल, संघ-संस्था र निजी सम्पत्तिमा भएको क्षतिको विवरण [email protected] मा पठाउन आग्रह गरेको छ। साथै, घटनासम्बन्धी फोटो, भिडियो वा अन्य कागजातहरू भए उपलब्ध गराउन समेत आयोगले अनुरोध गरेको छ।
आयोगले आश्विन ९ गतेदेखि औपचारिक रूपमा काम सुरु गरिसकेको जनाएको छ।