जेन-जी प्रतिनिधिलाई संवादमा आउन गगन थापाकाे आग्रह(भिडियोसहित)

आश्विन २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी प्रतिनिधिलाई संवादमा आउन गगन थापाकाे आग्रह(भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन-जी प्रतिनिधिलाई संवादमा आउन आग्रह गर्नुभएको छ । 

सामाजिक सञ्जाल फेसबुक भिडियोमार्फत कांग्रेस महामन्त्री थापाले जेन-जी प्रतिनिधिलाई संवादमा आउन आग्रह गर्नुभएको हो । उहाँले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वलाई विदा गर्नुपर्ने प्रस्ताव पनि गर्नुभएको छ । 

शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाललाई नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण तयार गर्न महामन्त्री थापाले आग्रह गर्नुभएको हो । नेतृत्व बदल्नासाथ सबै कुरा बदलिन्छ भन्ने नभएको भन्दै उहाँले आफूहरू पनि अनुपयुक्त भए छाड्न तयार रहेको जिकिर गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.