काभा मेन्स नेसन्स कपका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय भलिबल टोली घोषणा

आश्विन २६, २०८२ |खेल ब्युरो
काभा मेन्स नेसन्स कपका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय भलिबल टोली घोषणा

काठमाडौं । बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप-२०२५ का लागि १४ सदस्यीय नेपाली राष्ट्रिय भलिबल टोली घोषणा गरिएको छ ।

नेपाल भलिबल संघको ५७औं कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय टोलीको अन्तिम छनोटको जिम्मेवारी प्रशिक्षकलाई दिने निर्णय गरेसँगै टोली घोषणा गरिएको हो । असोज २ गतेदेखि प्रशिक्षणमा रहेका खेलाडी मध्येबाट अन्तिम छनोट असोज २३ र २४ गते सम्पन्न गरिएको संघले जनाएको छ । 

काभाको स्वीकृति तथा बंगलादेश भलिबल फेडरेसनको आयोजनामा कात्तिक ५ देखि ११ गतेसम्म प्रतियोगिता हुने तय भएको छ । नेपाली टोलीमा धनबहादुर भट्ट क्षेत्री, धिरज काजी बस्नेत, सुनिल बोहरा, पहल गहतराज, शरण सामरी क्षेत्री र शैलेन्द्र यादव छन् । 

यस्तै विनोद चन्द, अर्जुन नेपाली, सफल बिक, रविन नगरकोटी, नृपध्वज बस्नेत, हरि हजुर थापा, सुजन सुनार र सन्तोष राईले पनि टिममा स्थान बनाएका छन् ।