काठमाडौं । सेयरबजार परिसूचक-नेप्से आइतबार ७८ अंकले घटेर २५ सय ३ अंकले कायम भएको छ ।
असोज मसान्तमा बैंकको ब्याज र किस्ता तिर्नका लागि सेयर बेच्नेहरु बढ्दा सेयरबजार घटेको सेयर लगानीकर्ताहरु बताउँछन् । आइतबार ३ सय २४ कम्पनीको १ करोड ४३ लाख कित्ता सेयर ६७ हजार २ सय दुई पटक किनबेच हुँदा बजारमा ६ अर्ब ७० करोडको कारोबार भएको छ ।
एकै दिनमा सेयर लगानीकर्ताको सम्पत्ति १ खर्ब ३१ अर्बले घटेको छ । घट्दो बजारमा बुटवल पावर कम्पनी,नेपाल पुनर्बिमा कम्पनी र राधी जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । तर, नेपाल माइक्रोइन्सुरेन्स, पञ्चकन्या माइ हाइड्रो र सिटिजन बैंकको ऋणपत्रका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन् ।
कारोबारका आधारमा नेपाल पुनरबिमा कम्पनी, एनएलजि इन्सुरेन्स र युनियन हाइड्रोपावर लिमिटेड कारोबारका आधारमा अग्रस्थानमा छन् ।