काठमाडौं । सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्ने भएको छ।
सर्वोच्च अदालतको आइतबार बसेको फुलकोर्टको बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको हो। अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी फौजदारी कार्यविधि संहिताका निवेदनहरु असोज २८ गतेबाट दर्ता एवं सुनुवाई हुने सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
जेन-जी प्रदर्शनपछिको राजनीतिक घटनाक्रममा गत भदौ २४ गते सर्वोच्च अदालतमा तोडफोड र आगजनी हुँदा अधिकांश मुद्दाका मिसिल जलेका थिए।