काठमाडौं । वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा घरेलु टोली भारतले बलियो अग्रता बनाएको छ ।
दोस्रो दिनको खेल सकिँदा भारतले ३ सय ७८ रनको अग्रता बनाएको हो । अरुण जेट्ली स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो दिन ३ सय १८ रन बनाउँदा २ विकेट गुमाएको थियो । दोस्रो दिन ५ विकेट गुमाएर ५ सय १८ बनाएको अवस्थामा भारतले इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
भारतका लागि ओपनर यसश्वी जयसवालले १ सय ७५ रनको शतकीय इनिङ्स खेलेका थिए । कप्तान शुभमन गिल १ सय २९ रनमा अविजित रहेका थिए । वेस्ट इन्डिजका लागि जोमेल वारिकनले ३ विकेट लिए । जवाफमा वेस्ट इन्डिजले दोस्रो दिनको समाप्तिसम्म १ सय ४० रन जोड्दा ४ विकेट गुमाएको छ । उ अहिले पनि ३ सय ७८ रनले पछि छ ।
उसका साई होप र टेभिन इम्लाच क्रिजमा छन् । यो जोडीले वेस्ट इन्डिजका लागि तेस्रो दिनको सुरूवात गर्ने छन् । दुई टेस्ट खेलको सिरिज अन्तर्गत पहिलो खेलमा भारतले १ इनिङ्स र १ सय ४० रनको विशाल जित हात पारेको थियो । जारी सिरिजमा घरेलु टोली १-० ले अघि छ ।