टेबलटेनिस टोली अस्ट्रेलिया प्रस्थान

आश्विन २१, २०८२ |खेल ब्युरो
टेबलटेनिस टोली अस्ट्रेलिया प्रस्थान

काठमाडौं । डब्लुटीटी युथ कन्टेन्डरमा सहभागि हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टेबलटेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ ।

अक्टोबर ८ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षकमा राकेश महर्जन रहेका छन् ।