महाेत्तरी । शनिबार र आइतबारको भीषण वर्षापछि आएको बाढीले महोत्तरी सदरमुकाम जलेश्वर, एकडारा गाउँपालिकालगायत विभिन्न क्षेत्रका नागरिक विस्थापित भएका छन् ।
विपद्सँग जुधिरहेका पीडितहरू यतिखेर गाँस र बासको चिन्तिमा छन् । असोज १८ र १९ गते परेको भारी वर्षापछिको बाढीले महोत्तरी सदरमुकाम जलेश्वरका दर्जनौं परिवार बढीडुबानमा परे । रातु, बिग्घी, नदीमा आएको बाढीले तटबन्ध कटान गरेपछि बाढीको पानीको निकास नहुँदा जलेश्वर नगर क्षेत्र अहिले पनि डुबानमै छन् पीडितहरूलाई अहिले जेनतेन खानपानको व्यवस्थागरिए पनि त्यो पर्याप्त छैन ।
महोतरीकै एकडारा गाउापालिका-६ बेहेडामा १२ वटा घरमा बाढी पस्यो । रातु नदीले विभिन्न ठाउँमा तटबन्ध कटान गरेपछि दर्जनौं वस्ती डुबानमा परे त्यहा पनि पानीको निकास नहुँदा स्थानीय जान जोगाउन विस्थापित भए । विस्थापित भएका घरपरिवार छिमेकीको पसलको सटरमा दिनरात काट्न बाध्य छन् । पीडितले दाताको भरमाछाक टरिरहेका छन् । कतिपय त भत्किएकै घरमा जोखिम मोलेर बस्न बाध्य छन् ।
बाढीले जिल्लामा ठूलो क्षति पुर्याउनुका साथै २ सयभन्दाबढी घर परिवार बिचल्लीमा परेका छन् । जलेश्वरस्थित सबै सरकारी कार्यालयहरू डुबानमा छन् भने विद्युतसमेत ठप्प छ । स्थानीय सरकार जिल्ला प्रशासनले क्षतिको विवरण संकलन थालेका छन् । त्यसँगै पीडितलाई राहतको व्यवस्थापन गर्ने जनाइएको छ ।
डुबानमा परेको क्षेत्रबाट छिट्टै पानी निकासन भए स्वास्थ्य विपद्समेत आउन सक्ने चेतावनी दिइएको छ । स्थानीय सरकारले विपद्बारे पूर्वतयारी र योजना बनाएर काम नगर्दा विपद्मा परेका नागरिक अलपत्र अवस्थामा छन् ।